२०८० साल कात्तिक २६ गते आइतबारको राशिफल « Khabarhub

२०८० साल कात्तिक २६ गते आइतबारको राशिफल


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०८० साल कात्तिक २६ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। सचेत भएर काम गर्नुहोला। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्।

वृष : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गा जमिनको कारोबार गर्नुभयो भने ठूलो धन आर्जन हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

कर्कट : दिन सामान्य राम्रो छ। माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

सिंह : शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

कन्या : दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

तुला : अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक : आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

धनु : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ।

मकर : दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारिमा फइदा हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।

कुम्भ : आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

मीन : अवसर धेरै भएकाले सदुपयोग गर्नुहोला। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला। भूमी कारोबारले ठूलो फाइदा दिनेछ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : १४ बजे

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका