हङकङमा समलिङ्गी खेल भव्यताका साथ सम्पन्न भएको छ। समापन समारोहमा भव्य नृत्य कार्यक्रम समेत आयोजना भएको थियो। खेलाडी, अफिसियल र स्वयंसेवक सो कार्यक्रममा उपस्थित थिए। एक साता लामो महोत्सवमा ड्रागन बोटका स्पर्धा समावेश गरिएका थिए। समापन समारोहको भव्यताले सबैमा एक किसिमको खुसी छाएको थियो।
कुनै समय यो खेल विश्वव्यापी रूपमा लोकप्रिय थियो। समलिङ्गी ओलम्पिकको अवधारणासमेत स्थापना भएको थियो। परन्तु सन् १९८० को दशकमा सन् फ्रान्सिस्कोमा उद्गम भएको यो महोत्सव यसै ढङ्गले लोकप्रियता र अख्तियार बालाहरूको ग्रिन सिग्नल पाउन सकेको थिएन। यद्यपि सो समयमा एक डेकाथलन खेलाडीले यसलाई आफ्नै समुदायमा स्थापित गराउन सक्दो प्रयास गरेका थिए।
अहिले भने यस खेलले ठुलो चुनौतीको सामना गरेको थियो। हङकङमा भएको कोभिड महामारीको असर र चीनको अनुदार राजनीतिका बिच सो खेल त्यत्ति सहज पक्कै थिएन।
पहाडी सहरमा यो खेलले सन् २०१७ मा पेरिस, आमस्ड्रम र सिड्नीलाई पछि पार्दै आयोजनामा बाजी मारेको समय भन्दा अहिले धेरै कुरा फरक भइसकेको थियो। दुई वर्ष अघि राष्ट्रिय सुरक्षा ऐन लागु भएपछि चिनियाँ सत्ताले नै दुई सय भन्दा बढी समलिङ्गीलाई जेल नै चलान गरी सकेको छ। उनीहरूलाई बेश्याबृत्तीको आरोप समेत लगाइएको छ।
सन् २०२१ देखि चीनको ठुलो सहर सांघाइमा मार्च पास बन्द गरिएको छ। त्यसपछि विश्वविद्यालयका समलिङ्गी विद्यार्थीले आफूमाथि भेदभावको अनुभाव गरेका थिए दशक अघि नै स्थापित एलजीबीटी सेन्टरलाई समेत बन्द गराइएको थियो।
यसै खेलका लागि चीनबाट हङकङ आएका ५० वर्षीय निनीले चीनमा भन्दा हङकङमा वातावरण फरक पाएको बताए। सोही महोत्सवमा राखिएको माओ झाङ स्पर्धामा उनी सहभागी थिए। यस वर्ष कुनै समारोहमा उपस्थित हुन नपाएका उनी अहिले सप्तरङ्गी रङ्ग सहित उपस्थित हुन पाउँदा खुसी भएको बताए।
धेरै कारणले हङकङको पनि विगतको छवि बिग्रिएको थियो। कोभिडको कडा मापदण्डको कारण गत वर्षको सेप्टेम्बरदेखि मात्र त्यहाँ पर्यटकको उपस्थिति हुन थालेको हो। यसै कारण मेक्सिकोको गाउडलराजालाई वैकल्पिक सहरको रूपमा राखिएको थियो। धेरै टोली मेक्सिको जान तयार पनि थिए। हङकङमा लादिएको राष्ट्रिय सुरक्षा ऐनका कारण डराएको ताइवानले समेत मेक्सिको रोजेको थियो।
आयोजक हङकङका अनुसार दुई हजार तीन सय भन्दा बढीको सो महोत्सवमा सहभागिता थियो। सो मध्येका आधा भन्दा बढी स्थानीय थिए।
चिनियाँ समर्थक पम्परावादीले भने यसको विरोध गरेका छन्। राष्ट्रिय सुरक्षा ऐनलाई असफल बनाउने तथा यसले दीर्घकालीन असर गर्ने उनीहरूको मत थियो। उनीहरूले त्यहाँको शान्ति अवस्था खलबलिने बताए पनि कसर भन्ने व्याख्या गरेका छैनन्। कतिपयले यस खेलले एउटै लैङ्गिक पहिचान भएकाहरूको विवाहको बहसको कुरा उठाएको समेत बताए।
गत वर्षदेखि हङकङमा एउटै लैङ्गिक पहिचान भएकाको विवाह अवैध ठहर भएको छ। त्यहाँको कानुन निर्माता मध्ये के एक रिजाना ल यस खेलको आयोजना त्यस किसिमको विवाहको प्रचार प्रसार गर्नका लागि नभएको बताउँछिन्।
उनले यस खेलको आयोजना त्यहाँको प्रशासनको सहयोगमा भएको बताएकी छिन्। त्यस कानुनको जोखिम भएको भए खेल नै सम्भव नहुने उनको त छ।
पहिलो पटक एसियामा यो महोत्सवको आयोजना भएकोमा दङ्ग हुने पर्नेसमेत उने बताएकी छिन्। उनले यस खेललाई सरकारी मान्यता लिनका लागि केही चलाखी अपनाएको भने स्वीकार गरेकी छन्। त्यहाँको सकारी निकाय र धेरै कठोर मत राख्नेहरूले पनि उनको कुरामा आपत्ति जनाएका छैनन्।
मेक्सिकोमा पनि यसै समयमा सडकमै आएर प्रदर्शनसहित भव्यताका साथ खेल सञ्चालन भएको थियो। तथापि सन् २०२० देखि भूमिगत रूपमा यस्ता कार्यक्रम हुने हङकङमा यस किसिमको गतिविधि साँच्चै फरक देखिएको छ।
वान चाइमा रहेको रानी एजीलावेथ द्वितीय रङ्गशालामा भएको उद्घाटन समारोहमा धेरै जना चिच्याइ रहेका थिए। व्यवसायी रूपले प्राप्त सुविधा उपयोग गर्न धेरै जना लगी रहेका थिए।
अस्ट्रेलियाबाट आएकी एक सहभागीले आफू एकदमै उत्साहित भएको बताए पनि यसलाई ब्रान्डिङ गर्न कसैले केही पनि नगरेकोमा दुःखी थिइन्। उनले एक बसमा यसको लोगो देखे पनि खाद्य महोत्सवको जस्तो प्रमोसन नभएको अनुभव गरेकी थिइन्।
हङकङको एउटा पर्यटकीय साइटमा समेत सो गे खेलकुदको बार कुनै चर्चा गरिएको छैन। अस्ट्रेलियाबाट आएकी टाइटीजेनले समेत डरका कारण खेलको प्रचार प्रसार धेरै नगरिएको बताएकी छन्।
संसारमा रहेका धेरै जनाका लागि हङकङमा सो खेल आयोजना नै आवश्यक नभएको ठहर हुन थालेको छ। यस खेलको त्यहाँको राजनीतिक वातावरणसँग कुनै साइनो नभए पनि त्यसको असर परेकोमा आयोजक चिन्तित छन्। आयोजकका लिसाम लम हङकङको राष्ट्रिय सुरक्षा ऐनको कुनै साइनो नभएको बताएका छन्।
उनको दावीका बाबजुद अन्तर्राष्ट्रिय नकाले यसलाई स्वीकार गर्न सकीरहेको छैन। अन्तर्राष्ट्रिय समुदायले त्यहाँ हुने गतिविधिलाई भयरहित नठानेपछि यसको असर परेको हो।
स्थानीयहरू त्यो समलिङ्गी अधिकारका बारे विगतमा छलफल नभएकाले अहिले समस्या उत्पन्न भएको र यसको भव्यतामा असर परेको बताउँछन्।
स्रोतः बीबीसी
प्रतिक्रिया