जीप दुर्घटना अपडेट : चार जना मृतकको परिचय खुल्यो | Khabarhub Khabarhub

जीप दुर्घटना अपडेट : चार जना मृतकको परिचय खुल्यो


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ मध्ये चार जनाको परिचय खुलेको छ ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सात जना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  २ : ४७ बजे

एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

आठौं ओभरमा नेपालले दुई विकेट गुमायो : कुशल भुर्तेल र रोहित पौडेल आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई

दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल ब्याटिङ गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेलमा दक्षिण

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौं– डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत

आजदेखि पशुपतिनाथका चारवटै ढोका खुला

काठमाडौं– आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै