डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण, ३ जना प्रहरीको मृत्यु | Khabarhub Khabarhub

डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण, ३ जना प्रहरीको मृत्यु


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद आतंकवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

विस्फोटक पदार्थले भरिएको कार प्रयोग गरी आक्रमण गरिएको एआरवाई न्युजले आज उल्लेख गरेको छ। प्रहरीका अनुसार आतंककारीहरूले डिआइ खानको दरबन प्रहरी चौकीको मुख्य गेटमा विस्फोटक पदार्थले भरिएको कारबाट आक्रमण गरेका थिए। 

आक्रमणमा तीन जना प्रहरी हवलदार, रियासत र सिपाही जुल्फिकार मारिएको जनाइएको छ । यसैबीच, परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुईजना घाइते भएका छन् ।

आक्रमणबाट प्रहरी चौकीको छाना खसेको छ । घाइतेहरूलाई डीआई खान अस्पतालमा लगिएको प्रहरीले जनाएको छ भने दरबान तहसीललाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ । आक्रमण लगत्तै घटनास्थलमा प्रहरीको ठूलो टोली पुगेको छ ।

आतंकवादी हमलापछि तहसील द्राबनका विद्यालय र कलेजहरूमा निर्धारित परीक्षा स्थगित गरिएका छन्। एआरवाई न्युजका अनुसार डेरा इस्माइल खानको प्रहरी चौकीमा हमला भएको यो पहिलो पटक भने होइन। 

अक्टोबरको शुरुमा, केपीको डेरा इस्माइल खान जिल्लाको एउटा प्रहरी चौकीमा आक्रमण भएको थियो जसमा आतंकवादीहरूले हाते ग्रेनेड र रकेटहरू पनि प्रयोग गरेका थिए। डेरा इस्माइल खानको हथला प्रहरी चौकीमा भएको आक्रमणमा पनि दुई जना प्रहरी घाइते भएका थिए। 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : ०७ बजे

भारतको आर्थिक विकासबाट हामीले पनि फाइदा लिनुपर्छ : राष्ट्रपति विक्रमासिंघे

काठमाडौं– श्रीलंकाका राष्ट्रपति रनील विक्रमासिंघेले भारतसँग अझ निकट हुनुपर्ने विचार

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ।  मध्याह्न १२

भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण

काठमाडौं– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले भारतका लागि सन् २०३०

आज रास्वपाको दोस्रो स्थापना दिवस

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज असार ७ गते