सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक « Khabarhub

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा  ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । 

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलात्कार, चार यौन दुर्व्यवहार, दुई बेचबिखनका रहेका छन् । 

यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बलात्कार, १३ घरेलु हिंसा, एक यौन दुर्व्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । 

सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा २६ वटा रहेको छ । त्यसपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा पाइएको जनाइएको छ । 

नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म (नोभेम्बर २५ देखि डिसेम्बर १०)  ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको  हो । 

महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : १६ बजे

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक