गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, पाँच जना घाइते « Khabarhub

गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, पाँच जना घाइते


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मङ्गलबार बिहान चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी सिरानचोक गाउँपालिका–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार र सोही स्थानकी अन्दाजी ५० वर्षीया गीतामाया परियार गम्भीर घाइते भएका छन् । गीतामायाको टाउकोमा भित्री चोटका साथै दायाँ खुट्टा र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा सिरानचोक–२ कै २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार मध्यम घाइते भएका छन् । सिरानचोक–५ भाँगेका ४० वर्षीय ट्याक्सी चालक वीरबहादुर गुरुङको अवस्था भने सामान्य रहेको छ ।

घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ । घटनाको जानकारी पाउनेबित्तिकै अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमाण्डमा प्रहरी टोली खटिएर उद्धार कार्य गरेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ३ : १४ बजे

असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडाैँ – काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू) 

काठमाडौँ–  तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको

गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, पाँच जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक दुर्घटना हुँदा

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी

पोखरा– आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम

दक्षिण कोरियामा रोजगारी वृद्धि एक लाखमाथि, युवाको रोजगारीमा ४८ महिनादेखि गिरावट

सोल– दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि