सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक « Khabarhub

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा  ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । 

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलात्कार, चार यौन दुर्व्यवहार, दुई बेचबिखनका रहेका छन् । 

यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बलात्कार, १३ घरेलु हिंसा, एक यौन दुर्व्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । 

सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा २६ वटा रहेको छ । त्यसपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा पाइएको जनाइएको छ । 

नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म (नोभेम्बर २५ देखि डिसेम्बर १०)  ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको  हो । 

महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : १६ बजे

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

पर्सा – स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई

कांग्रेसभित्रको किचलोबारे राष्ट्रपतिको चासो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले

मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’

काठमाडौं – यहाँँको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता

आशा गरेकै ब्याटरले राम्रो नखेल्दा हार्‍यौंः कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडौँ- कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले