पहिचानवादी नेतालाई तत्काल रिहा गर्न सङ्घर्ष समितिको माग « Khabarhub

पहिचानवादी नेतालाई तत्काल रिहा गर्न सङ्घर्ष समितिको माग


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मोरङ – आन्दोलनका क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीलगायतका पहिचानवादी नेतालाई तत्काल रिहा गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले माग गरेको छ ।

बन्दका क्रममा पक्राउ परेका नेताहरूलाई रिहा नगरे समितिले अनिश्चितकालका लागि प्रदेश बन्द गर्ने चेतावनी दिएको छ ।

समितिले आन्दोलनका क्रममा पक्राउ गरिएका पूर्वमन्त्री किराँती, जसपा नेता राजेश राई, हलेसी तुवाचुङ युवा सहसंयोजक गन्धमान राई, विजय राई, उदिम राई, विदुर राई, मीना राई, जसपा प्रदेश सदस्य दिनेश राईलगायतलाई तत्काल रिहा माग गरेको छ ।

आज विज्ञप्ति निकाल्दै समितिले पहिचानको खिल्ली उडाउन केही अवाञ्छित तत्वहरूको यस क्षेत्रमा गतिविधि बढेपछि पहिचान रक्षाको लागि यस संयुक्त सङ्घर्ष समितिले यही मंसिर २६ र २७ गते घुर्मीदेखि लेगुवा घाटसम्मको मध्यपहाडी लोकमार्ग शान्तिपूर्ण बन्द आह्वान गरिएकोे जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ५६ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त