सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि शुक्रबार फेरि मतदान हुने भएको छ।

बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो।

आज बिहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिएका थिए। यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्दथ्यो।

तर, सत्ता गठबन्धनका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरे।

भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो।

रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : १९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु