हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा | Khabarhub Khabarhub

हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ। यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ। अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ। यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ।’

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए। ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्वोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु,’ उनले भने, ‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु। म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’

हस्तकला व्यवसाय प्रवर्द्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए। ‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु,’ उनले भने।

साधारण सभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १ : ०७ बजे

पाकिस्तानमा भएको आक्रमणमा आठ जनाको मृत्यु, सात प्रहरी अपहरण

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका

सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीको निर्देशन- नवीन सोचका साथ काम गर्नू

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं–पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका

प्रदूषणको च्यादरभित्र काठमाडौं (तस्बिरहरू)

काठमाडौं – कचौराजस्तो भूबनोट भएको काठमाडौं उपत्यका हिउँद याममा वर्षेनी

रुसको आक्रोश- अमेरिकाले युक्रेनलाई उक्सायो, कडा कदम चाल्छौँ

काठमाडौं- रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धरत युक्रेनलाई उक्साएको आरोप