उपप्रधानमन्त्री श्रेष्ठले गरे उपत्यकाका सडक निरीक्षण | Khabarhub Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठले गरे उपत्यकाका सडक निरीक्षण


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने बताएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले खानेपानीको पाइप बनाउनुपर्ने, ढल निर्माण गर्नुपर्ने वा अहिले जमिनमुनि तार बिछाइरहेका ठाउँमा ती काम सकिएपछि मात्रै सडक राम्रो अवस्थाको बन्नसक्ने देखिएको बताए ।  

निरीक्षणका क्रममा सडकको अवस्था सन्तोषजनक नभएको र आमनागरिकले समस्या भोग्नुपरेको देखिएको उनले बताए। अहिले सडक  धुलाम्मे अवस्थाका कारण सवारी चालक, पैदलयात्रु र सडक नजिक व्यवसाय गरिरहेका सबलाई असर गरेको उनी भनाइ थियो । 

कतिपय राज्यले गर्नपर्ने कामका कारण पनि भएका र कतिपय तदारुकताका साथ सम्पन्न नगरेका कारणले यो अवस्था आएको उपप्रधानमन्त्री श्रेष्ठले स्पष्ट पारे । ।  नेपाल विद्युत् प्राधिकरणले सबै तार अण्डरग्राउण्डको नीति लिएकाले पनि सडक खन्ने काम भइरहेको, मेलम्ची पानी वितरणलाई पुरानो पाइपबाट गरिरहेको र त्यसले गर्दा एक सय वर्षभन्दा पुरानो पाइपमा समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘ढललगायत कतिपय तत्काल टार्न नसकिने समस्या रहेको छ ।’

उपत्यकाका सडक भौतिक पूर्वाधार मन्त्रालय मात्र नभएर महानगरपालिका, उपत्यका नगर विकास प्राधिकरण लगायतका निकायले पनि निर्माण गरिरहेकोमा मन्त्रालयले सबैसँग समन्वय गरेर सडक चुस्त बनाउने उनले बताए । उनले भने, ‘सबैसँग समन्वय गरेर समस्या समाधान गर्दै पैदलयात्रु मार्ग ठीक बनाउने, सहरका जोखिम कम गर्ने र सहरको सुन्दरता सही ढङ्गले अघि बढाउने योजना बनाइएको छ ।’

मन्त्रालयमा बुधबार सरोकारवालासँग छलफल गरिएको र दुई सातामा सडकमा संरचना रहेका निकायका प्रमुखसँग बसेर समाधान गरिने उपप्रधानमन्त्री श्रेष्ठले बताए । आफूले सकारात्मक हस्तक्षेप गर्दै सुधारमा लाग्ने उनले बताए । तत्काल केही समय लाग्ने हुँदा धैर्य गर्न अनुरोध गर्दै जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने बताए ।

सबैतिरको सडक बनाउन केही समस्या रहेकाले समय लिने भए पनि सबैसँगको समन्वयमा मर्मत गरिने उनले बताए । जनतालाई अप्ठेरो भएकाले तमासा हेरेर बस्ने अवस्था नभएको उपप्रधानमन्त्री श्रेष्ठको धारणा छ । उनले नागरिकले अहिले विकास निर्माणको अनुभूति गर्न नपाएको बताए । उनले भने, ‘सबैलाई जिम्मेवारी बोध गराएर सकारात्मक कुरामा हस्तक्षेप गरेर काम गराइनेछ ।’ 

उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालगायत नेपाल विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाल टेलिकमलगायतका निकायका पदाधिकारीले सडक निरीक्षण गरेका छन् । उनीहरूले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, ललितपुरको नख्खु, भैँसेपाटी, सातदोबाटोलगायतका स्थानमा पुगेर सडक निरीक्षण गरेका छन् । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ०९ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते