राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश « Khabarhub

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपीएफलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५-१९ र  २५-१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौ सेटमा क्रमशः २५-२२ र १५-५ को जित निकाल्दै आर्मी समूह विजेता बन्यो भने एपीएफ उपविजेता बन्यो । अब सेमिफाइनलमा आर्मीले न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन् । 

दुवै सेमिफाइनल खेल भोलि हुनेछन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख तेस्रो हुने टोलीले रु एक लाख पाउने आयोजकले जानकारी दिएको छ । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : १० बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता