अफगानिस्तानमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान रक्षा मन्त्रालय « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान रक्षा मन्त्रालय


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भन्ने पाकिस्तानी गृहमन्त्रीको भनाइको अफगान रक्षा मन्त्रालयले खण्डन गरेको छ ।

पाकिस्तानमा सक्रिय तालिबान समूह तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) अफगानिस्तानमा सक्रिय रहेको भन्ने पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहको टिप्पणीको जवाफमा विज्ञप्ति जारी गर्दै अफगानिस्तानको रक्षा मन्त्रालयले यस्तो आरोपको खण्डन गरेको हो ।

रक्षामन्त्रायले पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहको भनाइलाई आधारहीन र उत्तेजना बढाउने किसिमको भन्दै अफगान रक्षा मन्त्रालयले सुरक्षाको सवालमा कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आपसी समझदारीमा समाधान खोजिनुपर्ने उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहले अफगानिस्तानमा टीटीपीका लडाकु लुकेर बसेको भन्दै आफ्नो मुलुकसँग ती लडाकुविरुद्ध कारवाही गर्ने वैधानिक अधिकार रहेको दाबी गरेका थिए ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगान रक्षा मन्त्रालयले टीटीपीको अखडा अफगानिस्तानमा नभई पाकिस्तानी भूमिमै रहेको प्रमाण आफूसँग रहेको उल्लेख गरेको छ ।

पाकिस्तानी उच्च पदस्थ अधिकारीले यस्तो बयान दिँदा दुई मुलुकबीचको सम्बन्धमा असर पर्ने पनि अफगान रक्षा मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ४० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको