प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आयोगले थाल्यो तयारी  « Khabarhub

प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आयोगले थाल्यो तयारी 


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ।

हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि आयोगले मतदाता नामावली अद्यावधिक गरेर आजदेखि नै काम सुरु गरेको हो।

आयोगले सार्वजनिक गरेका तालिकाअनुसार फागुन १ देखी चैत १६ गतेसम्म मतदाता नामावलीमा अद्यावधिक गर्नेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ।

त्यसको भोलिपल्ट अर्थात् २१ चैतमा उम्मेदवारको मनोनयन माथि विरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

उम्मेदवारको नामावली सार्वजनिक गरेको भोलिपल्ट अर्थात् २३ चैतमा मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

गत साता सर्वोच्च अदालतको सबैंधानिक इजलासले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति नगरी निर्वाचित भएको भन्दै उनको सांसद पद खारेज गरे पछि उक्त क्षेत्र रिक्त भएको थियो। सो रिक्त स्थानमा आयोगले आइतबार १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो।

अमेरिकी राहदानी त्याग गरे पनि नेपाल फर्के पछि नेपाली नागरिकता पुन प्राप्तिको प्रक्रिया पुरा नगरेको ठहर अदालतले गरे पछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र सांसद पद गुमेको थियो। उनले पर्सिपल्ट नागरिकता लिइसकेका छन्।

आइतबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचनको पहलकदमी गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुरोध गरेका थिए। प्रधानमन्त्रीलाई अनुरोध गरेको झन्डै ७ घण्टा पछि आयोगले चितवन–२ मा उपनिर्वाचन गराउने निर्णय सार्वजनिक गरेको थियो।

सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको रास्वपाले उपचुनाव जितेर सरकारमा फर्कने रणनीति बनाएको बुझिन्छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १४ बजे

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय