शेखर कोइरालाको प्रश्न : जनयुद्ध दिवसमा बिदा दिएर कस्तो अभ्यास गर्न खोजेको? « Khabarhub

शेखर कोइरालाको प्रश्न : जनयुद्ध दिवसमा बिदा दिएर कस्तो अभ्यास गर्न खोजेको?


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजेको भनी प्रश्न गरेका छन्।

सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको भन्दै जनतासामु के सन्देश दिन खोजेको हो? भनेर प्रश्न गरेका हुन् ।

एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भनेको अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणा गरेको भन्दै कोइरालाले देश कता जाँदैछ ? भनेर सोधेका छन्।

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’ उनले लेखेका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ४२ बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक