शेखर कोइरालाको प्रश्न : जनयुद्ध दिवसमा बिदा दिएर कस्तो अभ्यास गर्न खोजेको? « Khabarhub

शेखर कोइरालाको प्रश्न : जनयुद्ध दिवसमा बिदा दिएर कस्तो अभ्यास गर्न खोजेको?


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजेको भनी प्रश्न गरेका छन्।

सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको भन्दै जनतासामु के सन्देश दिन खोजेको हो? भनेर प्रश्न गरेका हुन् ।

एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भनेको अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणा गरेको भन्दै कोइरालाले देश कता जाँदैछ ? भनेर सोधेका छन्।

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’ उनले लेखेका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ४२ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी