लुम्बिनी प्रिमियर लिग : नेपाल र भारतका ३२ टिम सहभागी « Khabarhub

लुम्बिनी प्रिमियर लिग : नेपाल र भारतका ३२ टिम सहभागी


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट (पिएल पिएल ) टुर्नामेन्ट सुरु भएको छ । लुम्बिनी नव युवा क्लब पडरियाको अयोजनामा लुम्बिनी विकास कोषको खेलमैदानमा नेपाल र भारतका ३२ टिमको सहभागितामा इण्डो नेपाल नकआउट क्रिकेट प्रतियोगिता सूरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले उद्घाटन गर्दै क्रिकेट खेल अहिलेको युवाहरूको आकर्षण भएकोले स्थानीय सरकार क्रिकेटको विकासमा सहकार्य गर्दै आएको बताए । क्रिकेटको उर्भरभूमि रहेको रुपन्देहीबाट थुप्रै खेलाडी उत्पादन भइ जिल्ला र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै गइरहेकोले यो खेलले पनि खेलाडीको विकाससँगै नेपाल र भारतका खेलाडी साथीबीच प्रतिस्पर्धात्मक र भाइचाराको सम्बन्ध कायम गर्नमा सहयोग पुग्ने बताए ।

प्रतियोगितामा नेपाल र भारत तर्फबाट १६–१६ टिम बीच प्रतिस्पर्धा हुने आयोजक संस्था लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए । नकआउट चरणमा हुने खेल देशबीच प्रतिस्पर्धा हुने गरी तालिका बनाइएको छ । प्रतियोगितामा भारतको गोरखपुर, आजमगढ, लखनउ, बढनी, ककरहवा, उस्का आजमगढ लगायतका टीमले सहभागिता जनाएका छन भने नेपाल तर्फबाट रुपन्देही, गुल्मी, कपिलवस्तु र नवलपरासीका टीमहरु बीच प्रतिस्पर्धा हुनेछ । विगत ४ वटा प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको यो प्रतियोगिताले यस क्षेत्रको खेलाडीहरुमा विकाससगै अनुशासनमा रुपान्तरण गरेको छ । १५–१५ ओभरमा दैनिक २ वटा प्रतियोगिता हुने अध्यक्ष हुसेनले बताए ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै बेष्ट ब्याट्सम्या र बेष्ट बलर लाई तीन हजार नगद , अनुशासित टिमलाई ५ हजारले पुरस्कृत गरिने खेल संयोजक मोहम्मद सरिफले बताए । म्यान अफ द सिरिजमा भने यस पटक रेन्जर साइकल राखिएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याच र गेम चेन्जर खेलाडीलाई नगद ५–५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् ।

उद्घाटनको अवसर पारेर पहिलो दिन २ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल जावेद स्टार र सन्तकविर नगरबीच भएकोमा जावेद स्टार ८ विकेटले विजयी भएको छ । त्यस्तै दोस्रो खेल लुम्बिनी युथ क्लब र मर्चवार स्टारबीच भएकोमा २५ रनले मर्चवार स्टार विजयी भएको छ । भोली मंगलबारको खेल रोहिणी स्टार धकधई र होटल पवन प्यालेज र दोस्रो खेल ओजश कन्सट्रक्शन र जय विष्णु विल्डर्सबीच हुने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : २१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।