विराटनगरमा सुकुम्बासीलाई व्यवस्थित गर्न छलफल सुरु « Khabarhub

विराटनगरमा सुकुम्बासीलाई व्यवस्थित गर्न छलफल सुरु


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे।

प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए । 

‘हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ’, प्रमुख कोइरालाले भने, ‘घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईँहरूको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चिजको महत्व र माया हुन्छ ।’

उपप्रमुख शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यतामा समेत ह्रास आएको दाबी गरे । 

कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर अध्यक्ष हीराकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी भूमिहीन सङ्गठनकी इन्दिरा पौडेल चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, सुकुम्बासी सङ्गठनमा आबद्ध कोसी पौडेल, रमेश ऋषिदेव, कुलबहादुर गुरुङ, चम्पादेवी, लक्ष्मी खड्का, जितेन्द्र ऋषिदेव महानगरपालिकाले पहिलोपटक बोलाएर छलफल गरेकोमा खुसी व्यक्त गरेका थिए ।

अहिलेको महानगरको नेतृत्व सुकुम्बासी समस्या समाधान गर्न गम्भीर भएर लागेको आफूहरूले पाएको उनीहरूको भनाइ थियो । महानगरले छानबिन गरेर वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा वक्ताले जोड दिएका थिए । 

छलफलमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १२ हीरालाल कामत, १५ प्रकाश साह, १८ का जितेन्द्रकुमार साह, कार्यपालिका सदस्य कमला श्रेष्ठ, सरिता घिमिरे, दीपक कर्णलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ३५ बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज