नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनियताको सपथ ग्रहण « Khabarhub

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनियताको सपथ ग्रहण


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी थिए ।

यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीलगायत सहभागी रहेका थिए ।

राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिएका थिए । राष्ट्रपति पौडेलको सम्मानमा राष्ट्रपतिको कार्यालयले दिवाभोजको आयोजना गरेको छ ।

सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो ।

नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : ३८ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास