अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा « Khabarhub

अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् । ‘नारी नेपाल अनलाइन पत्रिका’ को आज उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन् ।

मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररुपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषयवस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्ने बताइन् ।

“अनलाइन मिडियाबीचमा पनि राम्रो गर्ने र नराम्रो गर्ने को हुन्, यो अनलाइनमा लेखेको कुराको विश्वास हुँदैन भनेर सबै अनलाइनलाई एउटै डालोमा हाल्दिने कुरा भइरहेको छ, जुन बेठीक छ”, मन्त्री शर्माले भनिन्, “त्यसैले सबै मिडियालाई नियमन गर्ने, कानुन बनाउने र तिनको प्रवर्द्धन गर्नुपर्छ । पछिल्लो समय अनलाइन मिडियाको जुन ढङ्गले विकास भइरहेको छ, यसमा राज्यले ध्यान दिन जरुरी छ । अनलाइन मिडिया सम्बन्धि कानुन बनाउने क्रममा छौँ ।”

सञ्चारमन्त्री शर्माले अहिलेको समय बजेटका निम्ति नीति कार्यक्रम बनाउने भएकाले सञ्चार मन्त्रालय र आमसञ्चार क्षेत्रलाई महिलासँग जोडेर उपयुक्त नीति तथा कार्यक्रम बनाउने विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिइन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने विश्वास व्यक्त गरिन् । सूचना प्रविधिको विकास, पुहँचमा र महिला सहभागिता कसरी बढाउने भन्नेबारे नीतिगत सुधार जरुरी रहेको मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले आम सञ्चार ऐन बनाउने क्रममा विज्ञ सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै आमसञ्चार ऐन महिलामैत्री बनाउन पहल गर्ने बताइन् । महिला सशक्तिकरणका साथै क्षमता भएर पनि अवसर नपाएका महिलाको वकालत गर्न मिडियाले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : ५३ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।