ओलीले आफ्नो स्वार्थका लागि चीनलाई उकास्‍ने प्रयास गरे : सांसद चौरासीया « Khabarhub

ओलीले आफ्नो स्वार्थका लागि चीनलाई उकास्‍ने प्रयास गरे : सांसद चौरासीया


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अजय चौरासीयाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता स्वार्थका लागि चीनलाई उकासेको आरोप लगाएका छन् । उनले मुस्ताङमा बौद्ध विश्‍वविद्यालय बनाउने विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी गैरजिम्मेवार भएको बताएका छन् ।

उनले भने, ‘कुनै पनि गाउँपालिकाले कुनै दूतावासलाई चिठी लेख्‍न सक्छ । त्यसमा सरकारको स्वीकृतिबिना कुनै पनि दूतावासले लगानी गर्न सक्दैन भन्‍ने त थाहा पाउनुपर्छ । अर्थ मन्त्रालयको स्वीकृतिबिना अघि बढ्दैन भन्‍नेसमेत हेक्का नराखेर ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिनु बरु राष्ट्रमाथिको गद्दारी हो ।’

‘जुन गाउँपालिकाले लगानीको माग गरेको थियो, त्यहाँ त एमालेका अध्यक्ष निर्वाचित भएका थिए । ओलीले कुनै प्रतिक्रिया दिँदा चीनलाई मुछ्नु चीनसँग गद्दारी हो भने ओलीले आफू प्रधानमन्त्री हुँदा भारतको सीमामा चिनियाँ लगानी भित्र्याउनु भारतसँग गद्दारी होइन र ?’ उनले प्रश्न गरे ।

कुनै पनि सीमामा कुनै पनि राष्ट्रले लगानी गर्न सक्ने उनको भनाइ छ । यस्तो हल्को टिप्पणी कुनै पनि पार्टीको नेताले गर्न नहुने चौरसियाले बताए । उनले भने, ‘न लगानी भएको छ, न त स्वीकृति नै दिइएको छ। तर, आफ्नो स्वार्थ पूरा गर्न चीनमाथि गद्दारी भयो भन्‍नु गलत हो ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ३ : १५ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका