जेठ १९ गते ‘नीरफूल’ प्रदर्शन हुँदै « Khabarhub

जेठ १९ गते ‘नीरफूल’ प्रदर्शन हुँदै


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित सो फिल्म फूलमान वलले निर्देशन गर्नुभएको हो । रुबिभ्याली र काठमाडौँमा छायाङ्कन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छयोइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गर्नुभएको छ । फिल्मिमा म्यान्मारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा हेर्न सकिन्छ ।

“भूकम्पपछिको भौतिक पुनर्निर्माणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धको पुनर्निर्माणतिर कसैको ध्यान गएन”, फिल्मको कथा वस्तुबारे निर्देशक वलले भने, “नीरफूलले तिनै भत्किएका मन र सम्बन्धको पुनर्निर्माणको कथा भन्छ ।” फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको निर्देशक वलले जानकारी दिए ।

फ्रेन्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम छन् । निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेञ्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन् । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ३४ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।