रियल म्याड्रिडसँग चेल्सी पराजित « Khabarhub

रियल म्याड्रिडसँग चेल्सी पराजित


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई २–० को गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।

मार्कोले ७४औँ मिनेटमा दोस्रो गोल गरेका थिए । यो जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेल्सीलाई सेमिफाइनलको यात्र तय गर्न कम्तीमा ३–० को जितको आवश्यक छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ३७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल