छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप भोलि « Khabarhub

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप भोलि


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गरी यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्।

‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइँदैछ’, बस्नेतले भनेका छन्, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’

खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको संक्रमण, अपांगता तथा मृत्यु हुनबाट बचाउन सबैले खोप लगाउन आवश्यक रहेको उनले बताएका छन्। आफ्ना टोल गाउँका बालबालिका र विद्यार्थीले खोप लगाए नलगाएको यकिन गरि अभियानमा सहभागीमा भई दिन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : ०३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा