खेलकुद पत्रकारिता पुरस्कार क-कसले पाउँदैछन् ? « Khabarhub

खेलकुद पत्रकारिता पुरस्कार क-कसले पाउँदैछन् ?


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उनको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ ।

महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ अर्जुनकुमार सुवेदी (कोशी प्रदेश), सञ्जीवकुमार साह (मधेस), सुवास बिडारी (बागमती) धनबहादुर गुरुङ (गण्डकी), विजय नेपाल (लुम्बिनी) ललितबहादुर बुढा (कर्णाली) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम) लाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले विश्व बुढामगर (रुकुमपूर्व), मीना ग्लान (नुवाकोट), गीता विष्ट (कैलाली), नीरज देउवा (डडेलधुरा) र प्रेमकुमार दर्नाल (सर्लाही)लाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान खेलाडी पारातर्फ रामबहादुर तामाङ (सिन्धुपाल्चोक), प्रशिक्षकतर्फ नारा श्रेष्ठ गुरुङ (धनकुटा), निर्णायक रेफ्रीतर्फ दीपेन्द्र ढकाल (काभ्रेपलाञ्चोक) र चिकित्सकतर्फ प्राडा नवीसमानसिंह प्रधान (ललितपुर) छन् । उनीहरुलाई जनही रु एक लाख नगद र सम्मानसहितको पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : ३८ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका