आर्थिक नीति सुधार्ने गरी काम गर्छु : आर्थिक मामिलामन्त्री आले « Khabarhub

आर्थिक नीति सुधार्ने गरी काम गर्छु : आर्थिक मामिलामन्त्री आले


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आएका मन्त्री आलेले नेपाली कांग्रेस तनहुँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा आफ्नो कार्यकालमा प्रदेशवासीको आर्थिक सुधारको कार्यक्रम नै मुख्य प्राथमिकतामा पर्ने बताए । ‘अहिले मुलुकको आर्थिक अवस्था खस्कँदो छ । प्रदेशको आर्थिक अवस्थालाई सुधार गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ’, उनले भने।

मन्त्री आलेले आफूले जिल्ला र प्रदेशका जनतामाथि विश्वासघात नगर्ने बताउँदै नागरिकको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक मन्त्रालयको क्षेत्राधिकारलाई सदुपयोग गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशको आगामी बजेटमा जनमैत्री कार्यक्रम पर्ने उल्लेख गरे। 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठलगायतले प्रदेशको खस्कँदो आर्थिक अवस्थालाई सुधारेर जनताको मन जित्ने कार्यमा जुट्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : ५६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका