सुपर दोर्दी ‘ख’ को ५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो  | Khabarhub Khabarhub

सुपर दोर्दी ‘ख’ को ५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो 


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत केही दिन अघि राष्ट्रिय  ग्रिडमा थपिएको हो ।

आयोजनाको निर्माण पूरा गरी परिक्षण सफल भएपछि ग्रिडमा जोडेर परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको  किर्तिपुर  सबस्टेसनमा जोडिएको छ ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड-१९ महामारीका कारणले निर्माण प्रभावित हुँदा धकेलिँदै आएको थियो । ०७४ सालमा सुरु भएको आयोजनाको निर्माण कार्य २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

लमजुङको दोर्दी गाउँपालिकामा निर्माण भएको आयोजनाबाट वार्षिक ३१४.९८३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुराइएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १ : ५७ बजे

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ–  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७

शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

किएभ– युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने

बैतडी– तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२०

शिक्षकसँगको वार्ता आजै टुङ्ग्याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी