देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्छ : मन्त्री किराती « Khabarhub

देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्छ : मन्त्री किराती


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन् । 

बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका हुन्  । नेपालीलाई सुख र नेपालको विकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उनले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राखे । 

मन्त्री किरातीले अव ढिलो नगरी ठूला ठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए । हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उनले समय भन्दा ठूलो केही नभएको जिकिर गरे । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुबै कुराको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री किरातीले बाहिङ-नेपाली-अग्रेजी शब्दकोश विमोचन गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ५ : ४१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज