विद्युत प्रसारण लाइनको पोलमा चढेका माझी बल्ल तल ओर्लिए « Khabarhub

विद्युत प्रसारण लाइनको पोलमा चढेका माझी बल्ल तल ओर्लिए


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङमा विद्युत प्रसारण लाइनको पोलमा चढेका पुरुष बल्ल तल ओर्लिएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकामा सडकको टेवा पर्खाल निर्माणको काम रोक्न माग गर्दै विद्युत प्रसारण लाइनको पोलमा चढेका सोही गाउँपालिका ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी ११ घण्टापछि तल ओर्लिएका हुन् ।

उनी बिहान ६ बजे १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका थिए । उनी बल्ल अपराह्न साढे ४ बजे पोलबाट तल ओर्लिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदारले सडकको टेवा पर्खाल निर्माणको काम रोक्ने प्रतिबद्धता जनाएपछि उनी तल ओर्लिएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ३९ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको