सकारात्मक परिवर्तनका लागि शिक्षा आवश्यक « Khabarhub

सकारात्मक परिवर्तनका लागि शिक्षा आवश्यक


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– शिक्षा सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले यही उद्देश्यलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको नवआगन्तुक विद्यार्थीको स्वागतमा शनिबार गरेको कार्यक्रमका वक्ताहरूले शिक्षालाई व्यापार बनाउन नहुने बताए । 

राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (ब्याकुल माइला)ले शैक्षिक संस्थाहरू व्यापार गर्ने थलो नभएको बताए । प्रमुख अतिथि माइलाले शैक्षिक संस्थाहरू नै इमानदार नभएपछि अरु क्षेत्रहरू इमानदार हुन नसक्ने बताए । कति शैक्षिक संस्थाहरू शिक्षा दिनुभन्दा पनि धन कमाउने उद्देश्यले खोलिएको चर्चा गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । यही कारण आफ्ना नानीहरू भर्ना गर्दा स्कुलको बोली होइन, व्यवहार हेर्न उनले अनुरोध गरे ।

भक्तपुर नगरपालिका नगर शिक्षा प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगरपालिकाले नयाँवर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरी त्यही अनुसारको वार्षिक शैक्षिक योजना सार्वजनिक गरिसकेको जनाए । शिक्षा विकास तथा समन्वय एकाइ (पहिलाको जिल्ला शिक्षा कार्यालय) का प्रमुख रमेशप्रसाद मैनालीले ससाना नानीहरुको पहिलो शिक्षा स्कुलबाट नै पाउने भएकोले संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले असल बन, असल गर भन्ने मूल नारालाई आत्मसाथ गरी शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्दै आएको जनाए । कार्यक्रममा स्कुलका छात्रछात्राहरूले सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए । साथै अन्य विभिन्न खेलहरू पनि देखाइएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ३८ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका