एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने | Khabarhub Khabarhub

एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

“जनताको बहुदलिय जनवादका माध्यमबाट हामीले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएका छौँ। आजको सन्दर्भलाई लिएर माक्र्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिष्ट पार्टीको सम्मेलन गर्न थालेका छौँ”, उनले भने ।

एमालेले पार्टीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने, आफ्नो जीवनलाई दाउमा राखेर सेल्टर उपलब्ध गराउनेको सम्झना गर्दै ‘सेल्टर पुस्तक’ प्रकाशन गर्ने निर्णय गरेको छ । एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको विकासका क्रममा विभिन्न ऐतिहासिक ठाउँले भूमिका निर्वाह गरेको र ती ठाउँको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि स्मारक निर्माण गर्ने निर्णय गरेको उपप्रमुख रिजालले जानकारी दिए ।

यसैगरी एमालेले दुई महिने ग्रासरुट अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी निर्माणका लागि केन्द्रीय सदस्यले आफ्नो भूगोलभन्दा बाहिर गएर एक वर्षसम्म योगदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

“एक वर्षसम्म केन्द्रीय कमिटीका नेता फरक भूगोलमा गएर पार्टी निर्माणमा खट्नुहुने छ”, रिजालले भने, “मिसन ग्रासरुट अभियानकै क्रममा निरन्तरता दिन केन्द्रीय नेता फरक जिल्लामा गएर पार्टी सङ्गठन सुदृढीकरण अभियानमा खटिनुहुने छ ।” यही वैशाख २८ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक आज सकिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ४३ बजे

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा

सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा

इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन

काठमाडौं- इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी