सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छ : शेखर कोइराला « Khabarhub

सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छ : शेखर कोइराला


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन्।

सुनसरीको इटहरीमा आज नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उहाँहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, “संविधानमा हामीले आठ क्लष्टरलाई समेटेका छौँ, श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ, आगामी दिनमा पक्कै समेटिनेछ ।” भुटानी शरणार्थी प्रकरणले सबै नेपालीको शिर निहुरिएको उनको भनाइ थियो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीको हकअधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ३१ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न