हुम्ला पूर्ण खोप सुनिश्चित घोषित « Khabarhub

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आज एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिए । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्।

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन । सातवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा, कर्णाली प्रदेशसभा सदस्य विजय बुढा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया, ताँजकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापालगायत उपस्थित थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ४७ बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र