हुम्ला पूर्ण खोप सुनिश्चित घोषित « Khabarhub

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आज एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिए । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्।

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन । सातवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा, कर्णाली प्रदेशसभा सदस्य विजय बुढा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया, ताँजकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापालगायत उपस्थित थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ४७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका