आज २०८० साल जेठ ३० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल जेठ ३० गते मंगलबारको राशिफल


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल जेठ ३० गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दिन धेरै राम्रो देखिँदैन। खर्च बढ्ने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। धन सम्पत्ति आर्जन हुने देखिन्छ।

वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मिथुन : शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै काम भएन भनेर छोड्नुभन्दा त्यसलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट : पुरानो रोगबाट मुक्त हुनुहुनेछ। चन्द्रमा अनुकुल रहेकाले मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ।

कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ। साथीबाट सहयोग मिल्नेछ। आँटेको काम गर्नु राम्रो हुनेछ।

तुला : सोचेर मात्र बोल्नु राम्रो हुनेछ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ। आफन्तबाट धोका हुने भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ।

वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला। राजनीतिबाट आलस्य बढ्नेछ। साथीले धोका दिने भएकाले सचेत हुनुहोला।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। यसमा सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर : झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ : खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ।

मीन : विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ५ : ०९ बजे

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला– जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट

इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव

तेहरान– अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व निर्णायक चरणमा प्रवेश गरेको

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन

गलकोट– आफ्नै गतिमा बगेको कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन

उत्तरको आकाशमा ड्रोन उडेपछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा खेद प्रकट

काठमाडौं- आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली

पाल्पामा बारी जोत्ने ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपर-३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना