साउदीको दमाममा नेपाली दूतावासद्वारा राहदानी सेवा शिविर « Khabarhub

साउदीको दमाममा नेपाली दूतावासद्वारा राहदानी सेवा शिविर


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको पूर्वी क्षेत्र दमाममा राहदानी सेवा शिविर सम्पन्न भएको छ । रियादस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वयमा साउदी अरबको पूर्वी क्षेत्रको दमाममा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको हो ।

दूतावासका अनुसार दुई दिवसीय शिविरमा ७ सय ९६ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरिएको थियो भने १ हजार २ सय जना सेवाग्राहीको नविकृत राहदानी वितरण गरिएको थियो । उक्त शिबिरमा सेवाग्राही र अन्य गरेर २ हजार ५ सय भन्दाबढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

शिविरका दौरानमा साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले त्यहाँ रहुन्जेल गर्न हुने र गर्न नहुने कामका बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी दिइएको दूतावासले जनाएको छ ।

उक्त शिविर सञ्चालन तथा व्यवस्थापन कार्यमा गैरआवासीय नेपाली संघले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै दूतावासले हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ । यसअघि पनि गैरआवासीय नेपाली संघको समन्वय दूतावासले विभिन्न समयमा राहदानी सेवा शिविर सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : १७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न