साउदीको दमाममा नेपाली दूतावासद्वारा राहदानी सेवा शिविर | Khabarhub Khabarhub

साउदीको दमाममा नेपाली दूतावासद्वारा राहदानी सेवा शिविर


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको पूर्वी क्षेत्र दमाममा राहदानी सेवा शिविर सम्पन्न भएको छ । रियादस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वयमा साउदी अरबको पूर्वी क्षेत्रको दमाममा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको हो ।

दूतावासका अनुसार दुई दिवसीय शिविरमा ७ सय ९६ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरिएको थियो भने १ हजार २ सय जना सेवाग्राहीको नविकृत राहदानी वितरण गरिएको थियो । उक्त शिबिरमा सेवाग्राही र अन्य गरेर २ हजार ५ सय भन्दाबढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

शिविरका दौरानमा साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले त्यहाँ रहुन्जेल गर्न हुने र गर्न नहुने कामका बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी दिइएको दूतावासले जनाएको छ ।

उक्त शिविर सञ्चालन तथा व्यवस्थापन कार्यमा गैरआवासीय नेपाली संघले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै दूतावासले हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ । यसअघि पनि गैरआवासीय नेपाली संघको समन्वय दूतावासले विभिन्न समयमा राहदानी सेवा शिविर सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : १७ बजे

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्