एलन मस्कका चार हजार ५ सय बढी ‘स्टारलिंक स्याटेलाइट’ अन्तरिक्षमा « Khabarhub

एलन मस्कका चार हजार ५ सय बढी ‘स्टारलिंक स्याटेलाइट’ अन्तरिक्षमा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा– विश्वकै धनी ब्यक्ति एलन मस्कले अन्तरिक्षमा आफ्नो पकड बढाउँदै लगेका छन् । उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेपछि उनको अन्तरिक्षमाथिको पकड बलियो बन्दै गएको हो ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार ट्वीटरटेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनी स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक स्याटेलाइट हिजो अन्तरिक्षमा पठाएको थियो । 

अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको उक्त रकेट ८ मिनेटमा काम सम्पन्न गरेर पृथ्वीमा फर्केको थियो ।

समाचार अनुसार लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन–९ को बुस्टर एट्लान्टिक महासागरस्थित अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको नवौँ प्रक्षेपण र अवतरण हो ।

अन्तरिक्षको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइट यसपटक पृथ्वीको तल्लो कक्षमा छाडिएका छन् । प्रक्षेपण भएको ६५औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाड्ने काम सम्पन्न भएको हो ।

हालसम्म स्पेस एक्सले राखेका ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट मध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको स्पेश एक्सका खगोलशास्त्री जोनाथलन म्याडेवल जानकारी दिएका छन् ।

स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि मस्कले १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । तर, उनले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति माग गरेको तर त्यसमा दिने–नदिने भन्नेमा पुनर्विचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जानकारी जनाएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ३५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको