पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता « Khabarhub

पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका एक युवक तिला नदीमा बेपत्ता भएका छन् । आज बिहान करिव ७ बजेतिर तिला–६ घोडे गाउँका १७ वर्षीय मोहन रोकाया पुलबाट चिप्लिएर नदीमा परी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

उनी जुम्लाको तिला गाउँपालिका–१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । 

तिला–१ रारालिही बजारबाट चामलको बोरा लिएर घर जाने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका उनको प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेका छन्। 

तिला नदी धमिलो भएकाले खोजी कार्यमा समस्या भएको सूचना अधिकारी जोशीले बताए । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : ३९ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले