पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता « Khabarhub

पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका एक युवक तिला नदीमा बेपत्ता भएका छन् । आज बिहान करिव ७ बजेतिर तिला–६ घोडे गाउँका १७ वर्षीय मोहन रोकाया पुलबाट चिप्लिएर नदीमा परी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

उनी जुम्लाको तिला गाउँपालिका–१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । 

तिला–१ रारालिही बजारबाट चामलको बोरा लिएर घर जाने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका उनको प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेका छन्। 

तिला नदी धमिलो भएकाले खोजी कार्यमा समस्या भएको सूचना अधिकारी जोशीले बताए । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : ३९ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।