विश्वविद्यालयको माग गर्दै प्रदेश प्रमुखको कार्यलयमा धर्ना | Khabarhub Khabarhub

विश्वविद्यालयको माग गर्दै प्रदेश प्रमुखको कार्यलयमा धर्ना


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी– शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहान सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने भएको छ ।

समितिले हिजो प्रदेश सभा भवन घेराउ गरेको थियो । सरकारले २०७९ माघ २९ मा गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो ।

तर, बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि यस क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । 

आफ्नो माग पुरा नभएसम्मका लागि आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : ५२ बजे

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेन-जी’ को भावना र

बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू)

काठमाडौं– दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी