म्याग्दीमा ‘दीर्घरोगीका घरघरमा अध्यक्ष’ कार्यक्रम « Khabarhub

म्याग्दीमा ‘दीर्घरोगीका घरघरमा अध्यक्ष’ कार्यक्रम


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘‘दीर्घरोगीको घर–घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । 

भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरे । सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै पुगेर औषधोपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण सङ्कलन गरिएको छ । नियमित औषधि सेवन गर्ने विवरण सङ्कलन गरेर सातवटै वडामा घरभेट गर्ने कार्यक्रमअनुसार वडा नं १ गुर्जामा दीर्घरोगीसँग भेटघाट गरिएको उनको भनाइ छ ।

गुर्जामा छजना दीर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताए । सबै वडामा दीर्घरोगीले सेवन गर्ने औषधिको विवरण सङ्कलन गरेर औषधि उपलब्ध गराउने योजना गाउँपालिकाको छ । 

कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाले चालु आवमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ११ : १० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा