‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना हुने « Khabarhub

‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना हुने


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा आगामी असार १ र २ गते ‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना हुने भएको छ ।

माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरूको छाता सङ्गठन स्ट्यान्डर्ड टिचिङ एन्ड इभ्यालुसन प्रोस्युडर (स्टेप) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि शिक्षालयले प्रदान गर्दै आएका शैक्षिक तथा भौतिक सुविधाहरूको जानकारी दिनका लागि ‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना गर्न लागेको जनाएको हो । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूका लागि स्टेपमा आवद्ध रहेका शिक्षालयको परिचय, त्यहाँ पठनपाठनका विषय, २ करोड बराबरको छात्रवृत्ति प्रदान, अतिरिक्त कृयाकलापका कार्यक्रमका बारेमा मेलामार्फत जानकारी गराउने आयोजकले जनाएको छ । 

सो कार्यक्रममा प्रत्यक्ष-अप्रत्यक्ष गरि करिब १५० भन्दाबढी शिक्षालयको सहभागिता रहने र काठमाडौं उपत्यकाभित्रका ५ हजार विद्यार्थी सहभागिता हुने कार्यक्रम संयोजक कृष्ण गौतमले जानकारी दिए ।

यस्तै, अध्यक्ष मदनकुमार सुबेदीले संस्थाले विद्यार्थीहरूलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उक्त कार्यक्रमले विद्याथीहरूको ठूलो जिज्ञासा मेटाउने बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ४ : ३० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको