दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा, सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता,राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता, अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो, तराई क्षेत्रमा अझै पाँच दिन ‘लू’ को सम्भावना, सतर्कता अपनाउन अनुरोधलगायतका समाचारले प्रमुख स्थान पाए । 

प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत दिएको रिट निवेदक लेलिन विष्टले जानकारी दिए ।

प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकिर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’ को मुद्दा चलाउनुपर्ने र आफूहरूमाथि लगाइएको ‘अयोग्य लडाकु’ को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए ।

नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा

नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर अहिले उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो।

सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखिको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको बताए ।

सभापति देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि पार्टीको नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र अहिले आफूहरुको प्रमुख माग नै नेतृत्वको हस्तान्तरण र पुस्तारन्तरण भएको बताए । त्यसैले अब पार्टी सभापतिले प्रधानमन्त्री वा अरु पदमा दाबी गर्न नहुने उनको तर्क थियो ।

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर लाइसेन्स) अनुमति प्रक्रिया संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

अर्थ समितिले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै उक्त निर्णय कार्यान्वयन गर्न भनेको छ । ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरे-नगरेको विषयमा समितिले छानबिन गरी निष्कर्ष नपुगेसम्म इजाजतसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिने निर्णय भएको छ’, समितिले पठाएको पत्रमा भनिएको छ ।

बजेट पारित गर्न सत्ता गठबन्धन सहमत

बजेटमा देखिएको विमतिलाई अन्त्य गरेर पारित गर्न सत्ता गठबन्धन सहमत भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा बजेटका विषयमा देखिएका विमतीलाई अन्त्य गर्ने सहमति भएको हो ।

मधेशका मुख्यमन्त्री यादवले फेरि पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरि विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको हो ।

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबस क्वालालम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौँ जाने छ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो ।

तराई क्षेत्रमा अझै पाँच दिन ‘लू’ को सम्भावना, सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा ‘लू’ को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो दिन तथा ‘लू’ सम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा भनिएको छ ।

‘लू’ चल्नका लागि लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा ‘लू’ चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर ‘लू’ चलेको बताइएको छ ।

साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

‘मर्ज’ हुन चाहने क्याम्पसलाई निवेदन दिन त्रिविको आह्वान

त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि निवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गरी आपसमा गाभिएर समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न भनिएको छ ।

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सकिने छ । यसरी मर्ज हुँदा कुनै शुल्क नलाग्ने जनाइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको हो ।

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।

सगरमाथा आरोहणमा ठूला विपद्बिनै १७ जनाको मृत्यु

सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद घटनाको पनि सामना गर्नुपर्‍यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्यु भयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भयो ।

अब जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

जिप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने भएका छन् ।

माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार १ गतेदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिए।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : ०० बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा