३० जना प्राविधिक प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान « Khabarhub

३० जना प्राविधिक प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्राविधिक प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा उक्त महाशाखामा सञ्चालित हलुका सवारी चालक तालिम २५ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 

सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरे । 

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हलुका सवारी साधनको परिचालन, रेखदेख र मर्मत सम्भार गर्न समयसापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताए । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र क्षमताको विकास गरी कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख ५ गतेबाट सञ्चालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्राविधिक प्रहरी जवान ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ५३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको