३० जना प्राविधिक प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान « Khabarhub

३० जना प्राविधिक प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्राविधिक प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा उक्त महाशाखामा सञ्चालित हलुका सवारी चालक तालिम २५ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 

सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरे । 

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हलुका सवारी साधनको परिचालन, रेखदेख र मर्मत सम्भार गर्न समयसापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताए । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र क्षमताको विकास गरी कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख ५ गतेबाट सञ्चालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्राविधिक प्रहरी जवान ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ५३ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना