४५ वर्षअघि लेखिएको पुस्तक विमोचन « Khabarhub

४५ वर्षअघि लेखिएको पुस्तक विमोचन


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – ४५ वर्ष भन्दा बढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो । लेखक हरिवबहादुर श्रेष्ठ आफैँ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् सत्यमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक चार दशक भन्दा अगाडि लेखिएका विषयवस्तुको संकलन रहेको जनाइएको छ । लेखक हरिबहादुर श्रेष्ठ भारतको प्रवास जीवनमा रहँंदा लेखिएका विषयको संकलन पुस्तकमा रहेको जनाइएको छ । वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो । उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँंदा लेखिएका विषयवस्तुहरुको संकलन पुस्तकमा रहेको जनाइएको छ ।

कार्यक्रममा विजुक्छेंले पुस्तकको पाण्डुलिपि संकलनमा ढिलाइ भएकोले पुस्तकको प्रकाशन ढिला गरी भएको सुनाए । राजनीतिक आन्दोलनलाई सघाउ पुयाउन लेखिएका कुराहरु आजका दिनमा पनि उतिकै महत्वपूर्ण रहेकोले ढिला भए पनि पुस्तक प्रकाशित गरेको उनको भनाई थियो । किसान आन्दोलन पुस्तकमा समाज विकासका विविध विकाशक्रमहरु उल्लेख छन् । समाजको उत्पति, विकासक्रम, दास समाज, सामन्ती समाजलगायतका विविध विषय पुस्तकमा समावेश छन् ।

पुस्तक एक सय ५४ पृष्ठको रहेको छ । पुस्तकको मूल्य तीन सय राखिएको छ । पुस्तकको प्रकाशक संस्था स्रस्ता समाज रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : ३४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको