इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध « Khabarhub

इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को उपमहासचिवमा प्रकाशचन्द् दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिका लागि सुरू भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित महिला सदस्यहरूमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको तथा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।

इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन पर्सि बिहीबार ३२ गतेका लागि तोकिएको छ । हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

 

 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको