राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा क्षेप्यास्त्र आक्रमण, ११ जनाको मृत्यु « Khabarhub

राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा क्षेप्यास्त्र आक्रमण, ११ जनाको मृत्यु


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र आक्रमणमा मङ्गलबार बिहान ११ जनाको मृत्यु भएको छ । साथै मस्कोले किभको सेनाबाट पश्चिमा जगत्ले प्रदान गरेका सशस्त्र गाडी पनि कब्जामा लिएको दाबी गरेको छ ।

सोमबार रातभर धेरै स्थानमा रुसी आक्रमण भएको थियो । क्रिभि रिगको मध्य भागमा रहेको पाँचतले आवासीय भवन ध्वस्त भएको छ । “यो भयानक रातमा शत्रुले ११ जना नागरिकको हत्या गरेको छ,” निप्रोपेट्रोव्स्क क्षेत्रीय गभर्नर सर्गी लिसाकले भनेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले आतङ्कवादीहरूलाई कहिल्यै माफ नगरिने र लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजधानी किएभ र उत्तरपूर्वी सहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनभर हवाई आक्रमणलाई विफल तुल्याउन युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो । त्यसक्रममा रुसले प्रहार गरेका केही मिसाइल र ड्रोनलाई आकाशमा नै निष्क्रिय पारेको बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : ४८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको