लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेका छ । प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह गाँउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा बस्ने १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अली रहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुना र लागुऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ एमपी ६१८९ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ केजी ३ सय १० ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय  सत्यनारायण माझी र ४०  वर्षीय प्रह्लाद माझी रहेका छन् ।

प्रहरी चौकी इनरुवाबाट र सशस्त्र प्रहरी बल समेतको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीको तल्लो भागमा लुकाई छिपाई राखेको उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–३ खिरीयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय फिलिप रानालाई प्रहरीले पक्राउ गरेको छ । 

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र प्रहरी चौकी फटैयाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराबाट अवैध लागूऔषध गाँजा १ केजी २० ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय  सौरभ परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।  

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  २ : ११ बजे

समय अगावै प्रसव पीडा: एनआईसीयूमा सन्तान, छटपटीमा आमा

काठमाडौंको सिनामंगल बस्ने निर्मला थापा सुत्केरी भएको दुई हप्ता भयो।

आज नेपाल र म्यानमारबीच फाइनल भिडन्त 

काठमाडौं– अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ ।

बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव

बंगलादेश– बङ्गलादेशमा नेपाली सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको

कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक  प्रविधि, सीपले सुसज्जित, अध्ययन अनुसन्धानमा

अल्भारेजले ५० सेकेन्डमै गोल गरेपछि रोचक बन्यो बार्सिलोना र एट्लेटिको भिडन्त

काठमाडौं – बार्सिलोना र एट्लेटिको म्याड्रिड बिचको कोपा डेल रे