लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेका छ । प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह गाँउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा बस्ने १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अली रहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुना र लागुऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ एमपी ६१८९ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ केजी ३ सय १० ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय  सत्यनारायण माझी र ४०  वर्षीय प्रह्लाद माझी रहेका छन् ।

प्रहरी चौकी इनरुवाबाट र सशस्त्र प्रहरी बल समेतको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीको तल्लो भागमा लुकाई छिपाई राखेको उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–३ खिरीयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय फिलिप रानालाई प्रहरीले पक्राउ गरेको छ । 

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र प्रहरी चौकी फटैयाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराबाट अवैध लागूऔषध गाँजा १ केजी २० ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय  सौरभ परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।  

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  २ : ११ बजे

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको