मलेसियाको म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्नू : राष्ट्र बैंक « Khabarhub

मलेसियाको म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्नू : राष्ट्र बैंक


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ । यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध खोल्दा तोकेका शर्त पूरा नगरेकाले उक्त कम्पनीसँगको रेमिट्यान्स कारोबारमा पुनः प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले सूचना जारी गर्दै जनाएको छ ।

म्याक्स मनीले विप्रेषण कारोबार बापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको राष्ट्र बैंकको भनाइ छ । कुल बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि ५ माघ २०७६ को उक्त प्रतिबन्ध राष्ट्र बैंकले फुकुवा गरेकोमा प्रतिबन्धका सम्बन्धमा जारी भएका परिपत्र ५ माघ २०७६ मा खारेज भए पनि कम्पनीले प्रतिबन्ध फुकुवा गर्दा तोकिएका शर्त पालना नगरेको राष्ट्र बैंकले जनाएको छ ।

सोही कारण अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्स मनीसँग बाँकी वक्यौताको भुक्तानी लिने बाहेक कुनै पनि कारोबार नगर्न निर्देशन दिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : २३ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको