प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्केका छन् । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुन उनी फ्रान्स प्रस्थान गर्न लागेका हुन् । उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ ।

कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएका थिए । त्यसलगत्तै हुन लागेको मोदीको फ्रान्स भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले मोदीलाई स्वागत गरेसँगै नयाँ दिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ ।

युक्रेनमा युद्ध र भारतमा मानवअधिकारको विषयमा मतभेद भए पनि दुवै देशले चीनसम्बन्धी आपसी चासोका कारण पारस्परिक सम्बन्धलाई अझ गहिरो बनाउने विश्लेषकहरु बताउँछन् ।

भारत हिन्द–प्रशान्त रणनीतिको एक सबल स्तम्भ भएको राष्ट्रपति म्याक्रोँका एक सहयोगीले बताएका छन् । प्रधानमन्त्री मोदीलाई फ्रान्सेली राष्ट्रपतिले शुक्रबार हुने राष्ट्रिय दिवसको सैन्य परेडमा विशेष अतिथि बनाएका छन् ।

परेडमा भारतीय सेना र भारत–फ्रान्समा निर्मित लडाकु विमान पनि सहभागी हुँदैछन् जसले दुई देशबीचको घनिष्ठ सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्छ ।

भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक हो । प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए ।

यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गरेको भारतको हिन्दुस्तान टाइम्सले जनाएको छ । नयाँ दिल्लीले आफ्नो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्न खोजिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ३ : ५३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस