सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर | Khabarhub Khabarhub

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

भोजपुर– वर्षातका कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।

मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा करिब दुई सय मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । 

प्रवेशद्वारमै सडक भासिँदा गाउँपालिकावासीको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । उनले पहिरोका कारण सडक भासिँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको उहाँले जानकारी दिए ।

‘सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ’, उनले भने, ‘अधेँरीघाट प्रवेश गर्ने मुख्य स्थानमा करिब दुई सय मिटर सडक भासिएको छ । सडक भासिँदा यातयात सञ्चालनमा समस्यासँगै स्थानीयमा जोमिख बढेको अवस्था छ । पहिराले यहाँ दुई करोड बढीको क्षति भएको देखिन्छ ।’

सरोकारवाला पक्षको उपस्थितिमा यहाँको स्थलगत अनुगमन गरेर क्षतिको विवरण सम्बन्धित निकाय पठाउने काम गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडकमा क्षति भएको विषयमा कार्यकापालिका बैठक बसेर पुनर्र्निर्माणका लागि संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिका केन्द्र हुँदै अधेँरीघाट जोड्ने मुख्य सडक अवरोध भएकाले संघीय सरकारको पनि यसमा ध्यान जानुपर्ने अध्यक्ष राईको भनाइ छ ।

‘क्षतिका विषयमा संघीय सरकारलाई जानकारी गराएका छौँ’, उनले भने, ‘यहाँको क्षतिलाई स्थानीय सरकारको बजेटले गर्न सक्ने अवस्था छैन । पहिराका कारण सडक अवरोधले स्थानीयको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।’

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाका छमध्ये पाँच वडामा यातायात सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ । सडकका कारण यहाँका वडा नम्बर २ तिवारीभञ्याङ, वडा नम्बर ३ च्याङ्ग्रे, वडा नम्बर ४ बास्तिम, वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माका नागरिक प्रत्यक्ष समस्यामा परेको अध्यक्ष राईले जानकारी दिए ।

सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्थलगत अनुगमन गरेका छन् । यातायात सञ्चालनमा समस्या रहेकाले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा सडक चाँडो मर्मत गर्नका लागि जानकारीसमेत गराएका छन् ।

सडक भासिएको ठाउँको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको टोलीले पनि स्थलगत अनुगमन गरेको छ ।

उक्त ठाउँमा थप क्षति हुनबाट बचाउनका लागि सडक डिभिजन कार्यालय तुम्लिङटार र पूर्वाधार विकास कार्यालय भोजपुरलाई आवश्यक पहल गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीबाट पञ्चकन्या कृषि सडकको दूरी करिब ३५ किलोमिटर रहेको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : १८ बजे

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सीधा हवाई सेवा

राजेशको ‘कमब्याक’ मा विकसित किस्सा !

काठमाडौं – महानायक राजेश हमाल अमेरिकाबाट सिधै काठमाडौंको सुन्धारास्थित एक

प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने

काठमाडौं– नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको

कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

सुर्खेत–  कर्णाली नदीमा नुहाउने क्रम शुक्रबार दिउँसो एक जना बेपत्ता भएका