सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर « Khabarhub

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

भोजपुर– वर्षातका कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।

मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा करिब दुई सय मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । 

प्रवेशद्वारमै सडक भासिँदा गाउँपालिकावासीको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । उनले पहिरोका कारण सडक भासिँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको उहाँले जानकारी दिए ।

‘सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ’, उनले भने, ‘अधेँरीघाट प्रवेश गर्ने मुख्य स्थानमा करिब दुई सय मिटर सडक भासिएको छ । सडक भासिँदा यातयात सञ्चालनमा समस्यासँगै स्थानीयमा जोमिख बढेको अवस्था छ । पहिराले यहाँ दुई करोड बढीको क्षति भएको देखिन्छ ।’

सरोकारवाला पक्षको उपस्थितिमा यहाँको स्थलगत अनुगमन गरेर क्षतिको विवरण सम्बन्धित निकाय पठाउने काम गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडकमा क्षति भएको विषयमा कार्यकापालिका बैठक बसेर पुनर्र्निर्माणका लागि संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिका केन्द्र हुँदै अधेँरीघाट जोड्ने मुख्य सडक अवरोध भएकाले संघीय सरकारको पनि यसमा ध्यान जानुपर्ने अध्यक्ष राईको भनाइ छ ।

‘क्षतिका विषयमा संघीय सरकारलाई जानकारी गराएका छौँ’, उनले भने, ‘यहाँको क्षतिलाई स्थानीय सरकारको बजेटले गर्न सक्ने अवस्था छैन । पहिराका कारण सडक अवरोधले स्थानीयको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।’

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाका छमध्ये पाँच वडामा यातायात सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ । सडकका कारण यहाँका वडा नम्बर २ तिवारीभञ्याङ, वडा नम्बर ३ च्याङ्ग्रे, वडा नम्बर ४ बास्तिम, वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माका नागरिक प्रत्यक्ष समस्यामा परेको अध्यक्ष राईले जानकारी दिए ।

सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्थलगत अनुगमन गरेका छन् । यातायात सञ्चालनमा समस्या रहेकाले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा सडक चाँडो मर्मत गर्नका लागि जानकारीसमेत गराएका छन् ।

सडक भासिएको ठाउँको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको टोलीले पनि स्थलगत अनुगमन गरेको छ ।

उक्त ठाउँमा थप क्षति हुनबाट बचाउनका लागि सडक डिभिजन कार्यालय तुम्लिङटार र पूर्वाधार विकास कार्यालय भोजपुरलाई आवश्यक पहल गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीबाट पञ्चकन्या कृषि सडकको दूरी करिब ३५ किलोमिटर रहेको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : १८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर